नेपाल र कतारबीच लगानी र सहकार्यसँग सम्बन्धित सम्झौतामा हस्ताक्षर


  • Himalayan Bank Limited (HBL)
नेपाल र कतारबीच लगानी र सहकार्यसँग सम्बन्धित सम्झौतामा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न विषयमा समझदारी र हस्ताक्षर भएको छ। दुबै मुलुकबीच आज भएको द्विपक्षीय बैठक पछि लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको हो।

नेपाल भ्रमणमा रहेका कतारी राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको बताइएको छ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ।

Read More