काठमाडौं : तेस्रो लगानी सम्मेलनको अन्तिम तयारी चल्दै छ। आगामी १६ र १७ गते राजधानीमा सम्मेलन आयोजना हुँदैछ। सम्मेलनमा कुल १ सय ५२ आयोजना शोकेस गरिँदैछ।
सम्मेलनको तयारी चलिरहेको मुख्य आयोजना लगानी बोर्ड नेपालका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्याय बताउँछन्। सम्मेलनमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले अघि बढाएका नीतिगत, प्रशासनिक एवं कानुनी सुधारका प्रयासबारे सहभागीलाई जानकारी गराइनेछ। ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायत क्षेत्रसँग सम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने बताइएको छ।



