छ दिन पछि भारतीय भन्सार पानीटंकीले छाड्यो नेपाली चिया बोकेका २२ ट्रक


  • Himalayan Bank Limited (HBL)
छ दिन पछि भारतीय भन्सार पानीटंकीले छाड्यो नेपाली चिया बोकेका २२ ट्रक

विराटनगर–छ दिन पछि मेची पारी भारतीय नाका पानीटंकीमा रोकीएका नेपाली चिया बोकेका २२ वटा ट्रकलाई मंगलबार राती भारतीय भन्सार कार्यालयले पश्चिमबंगाल प्रवेश दिएको छ । यी ट्रकले दुई हजार २ सय टन नेपाली तयारी चिया बोकेका थिए । 

भारतीय भन्सार कार्यालय पानीटंकीले बिहिबार नेपाली ट्रकहरुलाई नाकामा रोकी सत प्रतिशत ल्याब परिक्षण गरि गुणस्तर युक्त भएको सर्टिफिकेट ल्याउन भनेपछि झण्डै एक साता ट्रक पानीटंकीमा रोकीएका थिए । यस अघि तीन तीन महिनामा ५ देखी २५ प्रतिशत मात्र चियाको नमुना परिक्षण गरि छाड्ने गरेकोमा अग्रिम जानकारी बिनानै पानीटंकी भन्सारले नयाँ प्रावधान लागु भएको भन्दै चियाको जाँचपास गर्न मानेको थिएन । 

Read More