कर्णाली प्रदेशको ९ महिना : बजेटको एक चौथाई मात्रै खर्चिन सक्षम, विकास खर्चको अवस्था नाजुक


  • Himalayan Bank Limited (HBL)
कर्णाली प्रदेशको ९ महिना : बजेटको एक चौथाई मात्रै खर्चिन सक्षम, विकास खर्चको अवस्था नाजुक

काठमाडौं । चालू आर्थिक वर्षमा कर्णाली प्रदेशको बजेट कार्यान्वयनको गति सुस्त देखिएको छ । आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी रहँदा प्रदेशले ल्याएको समग्र बजेटको एक चौथाई मात्रै खर्चिन सक्षम भएको छ । 

प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ को चैतसम्ममा कर्णाली प्रदेश सरकारले २५.६६ प्रतिशत बजेट खर्च गरेको छ । ३३ अर्ब ४१ करोड रुपैयाँको बजेट ल्याएको कर्णालीले ९ महिनामा ८ खर्ब ५७ अर्ब रुपैयाँ मात्रै खर्च गरेको छ । 

Read More