घरेलु राजनीति परिवर्तनले स्वदेशी तथा विदेशी लगानीसम्बन्धि नीतिमा फेरबदल हुँदैन : पुन


  • Himalayan Bank Limited (HBL)
घरेलु राजनीति परिवर्तनले स्वदेशी तथा विदेशी लगानीसम्बन्धि नीतिमा फेरबदल हुँदैन : पुन

काठमाडौं । तेस्रो लगानी सम्मेलनको पुर्वसन्ध्यामा अर्थमन्त्री वर्षमान पुनले घरेलु राजनीति परिवर्तनले सरकारले लिने स्वदेशी तथा विदेशी लगानीसम्बन्धि नीतिमा फेरबदल नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । विगत १५ वर्षदेखिका नीतिमा निरन्तर सुधार गरेको तर परिवर्तन नगरिएको भन्दै उनले लगानी सम्बन्धि नीतिमा मा फरक नपर्ने उनले बताएका हुन् ।

वैशाख १६ र १७ गते काठमाडौंमा हुन लागेको लगानी सम्मेलन अघि अर्थ मन्त्रालय र लगानी बोर्ड नेपालले सोमवार विभिन्न सञ्चारमाध्यमका सम्पादकलाई आमन्त्रण गरी छलफल गर्ने क्रममा उनले सरकार सवै दलहरूको वैदिशिक लगानी नीति समान धारणा रहेको स्पष्ट गरिने उल्लेख गरे । लगातार सरकार परिर्वतन भईरहँदा निजी क्षेत्रले नीतिगत अस्थीरताको आशंका व्यक्त गरेका छन् ।

Read More