फाइनान्स कम्पनीहरुको नाफामा भारी गिरावट,शेयर बजारमा ट्रेण्डिङ्गमा रहेको पोखरा फाइनान्स सबैभन्दा धेरै घाटामा


  • Himalayan Bank Limited (HBL)
फाइनान्स कम्पनीहरुको नाफामा भारी गिरावट,शेयर बजारमा ट्रेण्डिङ्गमा रहेको पोखरा फाइनान्स सबैभन्दा धेरै घाटामा

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा फाइनान्स कम्पनीहरुको नाफमा भारी गिरावट देखिएको छ। गत वर्षको यसै अवधितो तुलनामा चालु आर्थिक वर्षको चैतसम्म्मा अधिकाँश फाइनान्सको नाफा घटेको छ। ८ फाइनान्स कम्पनी घाटामा पुगेका छन्।  

गत आर्थिक वर्षको चैत मशान्तसम्ममा ३३ करोड ३ लाख रुपैयाँ नाफा कमाएका फाइनान्स कम्पनीहरु चालु आर्थिक वर्षको सोही अवधिमा ३५ करोड ७२ लाख रुपैयाँ घाटामा रहेका छन्।

तथ्याङ्क अनुसार १५ लघुवित्तमध्ये ८ लघुवित्त घाटामा छन् भने बाँकी ७ लघुवित्त नाफामा छन्। नाफामा हुने लघुवित्तमा पनि मल्टिपर्पस फाइनान्स बाहेक सबै लघुवित्तको नाफा घटेको छ।

चैत मशान्तसम्ममा सबैभन्दा धेरै नाफा कमाउने मञ्जुश्री फाइनान्सको नाफा गत आर्थिक वर्षको तुलनामा १२ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष १७ करोड १७ लाख नाफा कमाएको फाइनान्सले यस वर्ष १५ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ। यस्तै गोर्खाज फाइनान्सले ५ करोड ४८ लाख नाफा माएको छ जुन गत वर्षको तुलनामा ४० प्रतिशतले कम हो।

Read More