विकास बैंकको खराब कर्जा अनुपात औषतमा ६ प्रतिशत माथि


  • Himalayan Bank Limited (HBL)
विकास बैंकको खराब कर्जा अनुपात औषतमा ६ प्रतिशत माथि

काठमाडौं– चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा विकास बैंकहरूको खराब कर्जा झनै बढेको छ । अर्थतन्त्रमा आएको शिथिलता र त्यसको असर बैंकका ऋणीसम्म परेपछि विकास बैंकहरूको वित्तीय स्वास्थ्य बिग्रिएको हो ।

यो वर्षको तेस्रो त्रैमासमा विकास बैंकहरूको औषत खराब कर्जा अनुपात ६ प्रतिशतभन्दा माथि पुगेको छ । गत आवको यही अवधिमा यो ४ प्रतिशत हाराहारीमा थियो । तेस्रो त्रैमाससम्ममा कतिपय विकास बैंकको खराब कर्जा केही सुध्रिए पनि केहीको भने झनै बढेको छ ।गत आवको तेस्रो त्रैमासमा सबैभन्दा कम खराब कर्जा रहेको मुक्तिनाथ विकास बैंकको चालु आवको सोही अवधिमा बढेको छ । यस बैंकको खराब कर्जा अनुपात २.०२ प्रतिशत छ, जुन अन्य बैंकहरूको तुलनामा सबैभन्दा राम्रो हो । तर, बैंककै गत आवको तेस्रो त्रैमासको तुलनामा भने बढेको छ । गत आवको तेस्रो त्रैमासमा यस बैंकको खराब कर्जा १.९९ प्रतिशत थियो ।

Read More