नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले अर्थमन्त्री वर्षमान पुनसँग भेट गरि मुलुकको वर्तमान आर्थिक अवस्थाबारे छलफल गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि सुझाव दिएको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठको नेतृत्वमा अर्थमन्त्री पुनसँग भेट गर्न गएको उद्योग वाणिज्य संघ काठमाडौँको टोलीले मुख्यगरि ६ बुँदे माग राखेको छ ।


