पोखराका सहकारीपीडित भन्छन्– ‘गृहमन्त्रीले राज्य कोषबाट पैसा दिन्छु भन्नुभएको छ’


  • Himalayan Bank Limited (HBL)
पोखराका सहकारीपीडित भन्छन्– ‘गृहमन्त्रीले राज्य कोषबाट पैसा दिन्छु भन्नुभएको छ’

पोखरा — सहकारी समस्या समाधान गर्न सरकारले ठोस कदम नचालेको भन्दै पोखराका सहकारीपीडित बचतकर्ता आन्दोलित भएका छन् । कास्की सहकारी बचतपीडित संघर्ष समितिले पहिलो चरणको दबाब कार्यक्रमअन्तर्गत सोमबार पोखरामा र्‍याली गरेको हो । सहकारी ठगीमा संलग्नलाई राजनीतिक संरक्षण गरिएको भन्दै पीडितले नाराबाजी गरेका थिए । 

सहकारीपीडितले र्‍यालीमा नियामक निकाय पोखरा महानगरपालिका, सहकारी मन्त्रालयका साथै गृहमन्त्री रवि लामिछानेविरुद्ध पम्प्लेटसहित चर्को नाराबाजी गरेका थिए । अदालतमा मुद्दा परेका कास्कीका ६ सहकारीसहित अन्य सहकारीका बचतकर्ता पनि र्‍यालीमा सहभागी थिए । सर्वसाधारणको बचत अपचलन गर्ने सूर्यदर्शन, इमेज, मित्र मिलन, बलिदानी, शिवशिखर र विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता संघर्ष समितिमा आबद्ध छन् ।

Read More