लगानी सम्मेलनलाई सहज बनाउन अध्यादेशबाट आठवटा कानुन संशोधन


  • Himalayan Bank Limited (HBL)
लगानी सम्मेलनलाई सहज बनाउन अध्यादेशबाट आठवटा कानुन संशोधन

काठमाडौं । सरकारले लगानी सम्मेलनको पूर्वसन्ध्यामा सम्मेलनलाई सहज बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट सिफारिस भएपछि अध्यादेश जारी हुने सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । सरकारले लगानीका लागि अवरोध मानिएका विभिन्न ऐनको संशोधन गरेको हो ।

लगानी सम्मेलनलाई केन्द्रित गरेर सरकारले १० वटा ऐन र दुईवटा नियमावली संशोधन प्रक्रिया अघि बढाएको थियो । आगामी आइतबार र सोमबार अर्थात् १६ र १७ वैशाखमा काठमाडौंमा तेस्रो लगानी सम्मेलन आयोजना हुने सन्दर्भमा नेपाल आउने लगानीकर्ताले खोज्नसक्ने कानुनी सुनिश्चितता तथा उनीहरूलाई आकर्षित गर्नका लागि आठवटा मात्र कानुन संशोधन गरेको बताइएको छ ।

Read More