१० वैशाख, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लिलाम नभएको धितो सकार गर्दा हदबन्दीभन्दा बढी भएमा ३ वर्षभित्र बिक्री गर्नुपर्ने भएको छ ।
बैंकहरूले कर्जा असुलीमा समस्या भएर धितो लिलाम गर्दा बिक्री नभएपछि गैर बैंकिङ सम्पत्तिमा सकार गरेका छन् ।
यसरी सकार गरेको जग्गा हदबन्दीलाई देखाउँदै मालपोत कार्यालयले बिक्री गर्न रोक लगाएपछि सकारले भूमि सम्बन्धी ऐन संशोधन मार्फत त्यसलाई सहजीकरण गरेको हो ।



