बैंक व्याज घट्दै गएपछि संस्थागत निक्षेपकर्ताको आकर्षण ऋणपत्रमा, बढ्न थाल्यो ऋणपत्रको कारोबार


  • Himalayan Bank Limited (HBL)
बैंक व्याज घट्दै गएपछि संस्थागत निक्षेपकर्ताको आकर्षण ऋणपत्रमा, बढ्न थाल्यो ऋणपत्रको कारोबार

बाबुकृष्ण महर्जन

बैंकहरुले निक्षेपमा दिने व्याज दर हरेक महिना घटाउँदै लगेपछि ऋणपत्रको प्रतिफल आकर्षक देखिन थालेको छ । तरलता अभावको समयमा मुद्दती निक्षेपमा १२ प्रतिशतसम्म व्याज दिन थालेका बैंकहरुले बैकिङ प्रणालीमा तरलता थुप्रिदै गएपछि विस्तारै व्याज दर घटाउन थालेका छन् । बैंकबाट पाउने प्रतिफल घटेपछि लगानीकर्ताहरु ऋणपत्रतर्फ आकर्षित भए।


२० वाणिज्य बैंकमध्ये १३ वटा बैंकले वैशाखको लागि ब्याजदर घटाएका थिए । जसमा साधारण निक्षेप खाताको ब्याज ३ देखि ४ प्रतिशतमा झरेको छ । त्यस्तै व्यक्तिगत मुद्दती निक्षेपमा औसत ७.२५ प्रतिशत व्याज दिइरहेका बैकले बैशाखमा औसत ७ दशमलब ०७ प्रतिशत व्याज दर पुर्याएका छन् ।

Read More