१० वैशाख, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १९६९ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा १५.४१ अंक घटेको हो । दिनभर कुल २ अर्ब ५ करोडको कारोबार भयो ।
हिजो २ अर्ब २६ करोडको कारोबार भएको थियो । ४९ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने १० को स्थिर रह्यो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.१ प्रतिशत घट्यो ।





