अर्थमन्त्रालयका कारण नेपाल धितोपत्र बोर्डको काम कारबाहीमाथि कानुनी संकट गहिरिंदै गएको पाइएको छ। अध्यक्ष नहुँदा बोर्डको संचालक समितिमा रहेका अर्थका प्रतिनिधि स्वत अध्यक्ष हुने पछिल्लो कानुनी व्यवस्थाका कारण बोर्डको काम कारबाहीमाथि कानुनी संकट गहिरिएको हो।
कानुन संशोधन भएपछि स्वत अध्यक्ष बनेका रितेश कुमार शाक्यले न त धितोपत्र बोर्डको अध्यक्षमा सपथ लिएका छन् न त पदभार सम्हालेका छन् । नत उनले धितोपत्र बोर्डमा कसैलाई निमित्तको जिम्मेवारी दिएका चना ।


