व्यापार घाटाको डरलाग्दो ग्राफ, भारतसँग मात्रै ६ खर्ब नाघ्यो


  • Himalayan Bank Limited (HBL)
व्यापार घाटाको डरलाग्दो ग्राफ, भारतसँग मात्रै ६ खर्ब नाघ्यो

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म भएको व्यापार घाटा चुलिएको छ ।  तथ्यांकअनुसार नेपालले १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख व्यापार घाटा ब्यहोरेको छ। यो तथ्यांक चालु आर्थिक ९ महिनाको अवधिमा भएको व्यापार घाटाको हो। 

गत आवको सोही अवधिमा नेपालले १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो।  सो अवधिमा नेपालले १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ। गत आवको सोही अवधिमा नेपालले १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो। जसमा गत आवको तुलनामा २.९२ प्रतिशतले कम वैदेशिक व्यापार गरेको छ।

Read More