काठमाडौं । एकआपसमा गाभिने (मर्जर) र प्राप्ति (एक्वीजिशन) प्रक्रिया पूरा गरी एकीकृत कारोबारपछि बढीमा १५ कार्यदिन मात्र कारोबार रोक्का राख्ने कानूनी व्यवस्था पछिल्लो समय कार्यान्वयन हुन छाडेको छ ।
मर्जर तथा प्राप्तिमा जाँदा लामो समय शेयर कारोबार रोक्का हुँदा लगानीकर्तालाई मर्का परेको गुनासो धेरै आएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको थियो । उक्त निर्देशिकामा बोर्डले मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू भएकोदेखि बढीमा १५ कारोबार दिनसम्म मात्र शेयर कारोबार रोक्का हुने व्यवस्था गरेको थियो । तर अहिले मर्जर प्रयोजनका लागि रोकिएका चार कम्पनीको शेयर कारोबार महीनौं बित्दासमेत खुल्न सकेको छैन । ....





