नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसद अधिकारीले अस्थिर अर्थतन्त्र भएको बेला लेखा परीक्षकको भूमिका महत्त्वपूर्ण रहेको बताए । नेपाल चार्टर्ड एकाउन्टेन्ट सस्था (आइक्यान ) को आयोजनमा भएको तेस्रो लेखा व्यावसायी राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै एक्यानका अध्यक्ष दीपक पाण्डेले लेखा व्यवसायीहरू यो पेशाबाट पलायल भएको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए । उनले ३२ सय सिए भएपनि ९ सय मात्रै पेशामा सक्रिय रहेको बताए ।



