काठमाडौं, बैशाख ६ गते । बैँकहरुको कर्जा ब्याजदर घटे पनि पर्याप्त मात्रामा कर्जा प्रवाह हुन सकेको छैन । कर्जा प्रवाह हुन नसक्दा बैँकहरुमा निक्षेप संकलन बढिरहेको छ ।
प्रवाह गरेको कर्जा समयमै असुल हुन नसक्दा बैंकहरु कर्जा प्रवाहभन्दा बढी कर्जा असुलीमा ध्यान दिन थालेका छन् । साधारणतया एक वर्षभन्दा बढी कर्जाको भाका नाघेमा त्यसलाई खराब कर्जाको रुपमा लिइन्छ । अहिले बैँकहरुले आफ्नो कर्जा असुलीमा नै ध्यान दिएका छन् ।



