‘इन्साइडर ट्रेडिङ’का खेलाडीलाई उन्मुक्ति, कारबाही ओझेलमा


  • Himalayan Bank Limited (HBL)
‘इन्साइडर ट्रेडिङ’का खेलाडीलाई उन्मुक्ति, कारबाही ओझेलमा

काठमाडौं । इन्साइडर ट्रेडिङमा संलग्न भई नेपाल धितोपत्रबोर्डबाट कारबाही भएका गुरु प्रसाद न्यौपानेबिरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान प्रभावकारी बनाउँदै अदालतमा पुगेपनि यस्तै प्रकृतिको ज्ञानेन्द्रलाल प्रधानको मुद्दामा भने विभाग उदार देखिएको छ । 

न्यौपानेको मुद्दा अदालतमा पुगेर फैसला भइसक्दा पनि प्रधानको मुद्दामा भने विभागले प्रभावकारी ढंङ्गबाट अनुसन्धान समेत गर्न सकेको छैन ।

नेपाल धितोपत्र बोर्डले २०७९ पुस २४ गते गुरुप्रसाद न्यौपाने र २०७९ चैत्र १९ गते तत्कालिन हाइड्र«ो डेभलपर लिमिटेडका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानमाथि गरेको कार्वाहीको व्यहोरा हेरौं, यसमा प्रष्टसँगै न्यौपानेले रिडी पावर कम्पनी लिमिटेडका अध्यक्ष हुदाँ धितोपत्र सम्बन्धी ऐन बिरुद्ध हुनेगरी सेयर कारोवार गरेको र नेपाल हाइड्रो डेभलपर लिमिटेडको अध्यक्ष हुदाँ प्रधानले छोरा चेतन प्रधान र छोरी निभिता प्रधानका नाममा कानून विपरित हस्तान्तरण गरी उक्त शेयरको कारोवार धितोपत्र बजारमा गरेको देखिएकाले दुवै जनालाई धितोपत्र ऐन, २०६३ को दफा १०१ को उपदफा ७ बमोजिम पचहत्तर हजार रुपैयाँ जरिवाना गरिएको कुरा उल्लेख गरिएको छ । 

Read More