३ प्रतिशत ब्याजमा ऋण पाउन १६ सय स्टार्टअपले दिए आवेदन, यस्तो छ छनौट मापदण्ड


  • Himalayan Bank Limited (HBL)
३ प्रतिशत ब्याजमा ऋण पाउन १६ सय स्टार्टअपले दिए आवेदन, यस्तो छ छनौट मापदण्ड

सरकारले स्टाटर्अप उद्यम कजार्का लागि परियोजना प्रस्ताव पेश गर्न आह्वान गर्दा १६ सय बढी स्टार्टअपले आवेदन दिएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार २०८० माघ १९ गतेदेखि २०८० फागुन १० गतेसम्मको अवधिमा कुल १ हजार ६ सय ५८ वटा प्रस्ताव पेश भएका हुन् । 

अब मापदण्ड पूरा गरेको परियोजनाहरूलाई प्रतिष्ठानले प्रारम्भिक सूची तयार गरी निश्चित मिति र समय तोकी प्रस्तुतीकरणको लागि आव्हान गर्ने जनाएको छ । प्रतिष्ठानका अनुसार तोकिएको समयमा प्रस्तुतीकरणको लागि उपस्थित नभएका परियोजनाहरू स्वतः छनौटमा पर्ने छैनन् । प्रस्तुतीकरण गरेका परियोजनाहरूलाई बैङ्कमार्फत क्रेडिट अप्राइजल गरी पचास अङ्कभन्दा बढी ल्याउनेलाई अङ्कको आधारमा कर्जाको लागि सिफारिस गरिनेछ । सिफारिसमा परेका उद्यमीहरूले बैङ्कसँग सम्झौता गरी बैङ्कको नियमानुसार साँवा र ब्याज रकम तोकिएको समयमा ऋण चुक्ता गरिसक्नुपर्ने छ ।

Read More