काठमाडौँ । ऋणीहरुले ऋण तिर्नै छोडेपछि लघुवित्त वित्तीय संस्थाहरुको खराब कर्जा ह्वात्तै बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरीवेक्षण प्रतिवेदनले लघुवित्तहरुको खराब कर्जा ७८ प्रतिशतले वृद्धि भएको देखाएको हो ।
राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा लघुवित्तहरुको खराब कर्जा ७८.०९ प्रतिशतले बढेको छ ।



