समान प्रकृतिको कृषि काममा अझै महिलालाई कम ज्याला


  • Himalayan Bank Limited (HBL)
समान प्रकृतिको कृषि काममा अझै महिलालाई कम ज्याला

काठमाडौं । कृषिक्षेत्रमा समान प्रकृतिको काममा पनि महिला कामदारले पुरुष समकक्षीका तुलनामा कम ज्याला पाउने गरेको सरकारी तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको राष्ट्रिय कृषि सर्वेक्षण २०७८ को आधारमा हालै निकालिएको सामुदायिक विवरण प्रतिवेदनअनुसार नेपालमा महिला कृषि कामदारको दैनिक औसत ज्यालादर ५३१ र पुरुषको ६६५ रुपैयाँ रहेको पाइएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले तथ्यांक संकलनका क्रममा एउटै वा समान प्रकृतिका काममा महिला र पुरुषबीच ज्यालामा असमानता देखिएको बताए । उनका अनुसार घरपरिवारमा मात्र नभई वडागत र पालिकागत सामूहिक छलफलबाट पनि समान काममा महिला र पुरुषमा फरक ज्याला देखिएको पाइएको हो ।

Read More