विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ, १६ आयोजना निर्माणाधीन


  • Himalayan Bank Limited (HBL)
विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ, १६ आयोजना निर्माणाधीन

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । 

विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् । ती आयोजनाबाट एक हजार  छ सय ५४ दशमलव ५१ मेगावाट बिजुली  उत्पादन हुनेछ । 

मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट एक सय ७८ दशमलव ४२ मेगावाट विद्युत् उत्पादन हुने छ । काबेली खोलामा चारवटा आयोजना निर्माण भइरहेका छन् । ती आयोजनाबाट ९५ दशमलव ४३ मेगावाट  बिजुली उत्पादन हुनेछ ।

Read More