सर्वसाधारणका बचत अपचलन गरेका पोखराका सबै सहकारी पीडितहरू एकै ठाउँमा भेला भएर आन्दोलनको तयारी गरेका छन्।
सहकारीमा राखेको बचत फिर्ता गर्न सरकार र राजनीतिक दलहरूले चासो नदिएको भन्दै पीडितहरूले संगठित रूपमा आन्दोलनमा जान लागेका हुन्।
पोखरामा अहिले ६ वटा सहकारीले बचत अपचलन गरेको मुद्दा अदालतमा विचाराधीन छ। यी ६ वटै सहकारीका पीडितहरूले संयुक्त रूपमा जाने निर्णय गरेका हुन्।



