युरोपेली सेयर बजारमा ९ महिनायताकै सबैभन्दा ठूलो गिरावट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
युरोपेली सेयर बजारमा ९ महिनायताकै सबैभन्दा ठूलो गिरावट

काठमाडौं : युरोपेली सेयर बजारका लागि मंगलबार विगत ९ महिनायताकै सबैभन्दा खराब दिन सावित भएको छ । अमेरिकी फेडरल रिजर्भले ब्याजदर कटौती गर्ने आशा कम हुँदै गएपछि सेयरको बिक्री चाप बढ्दा युरोपेली बजारमा ९ महिनायताकै समैभन्दा ठूलो गिरावट आएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।

सोमबार अमेरिकी सेयर बजारमा भारी गिरावट आएपछि मंगलबार युरोप र एसियाका सेयर बजारहरुमा पनि तीब्र गिरावट आएको हो । युरोपभरको सेयर बजार मापन गर्ने ‘स्टक्स युरोप ६००’ सूचकांक मंगलबार १.५% ले घटेको छ । जुन गत जुलाई महिनापछिको सबैभन्दा ठूलो एक दिने गिरावट हो । लन्डनको ‘एफटीएसई’ सूचक पनि ९ महिनायताकै उच्च १.८% ले घटेको छ ।

Read More