जिबी राईलाई पक्रेर नेपाल पठाइदिन मलेसियन सरकारलाई पत्र


  • Himalayan Bank Limited (HBL)
जिबी राईलाई पक्रेर नेपाल पठाइदिन मलेसियन सरकारलाई पत्र

काठमाडौँ । सरकारले सहकारी ‘ठग’ गितेन्द्रबाबु (जिबी) राईलाई पक्राउ गरेर नेपाल पठाउन मलेसियन सरकारलाई पत्र पठाएको छ । प्रहरी प्रधान कार्यालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले मलेसियन सरकारलाई पत्र पठाएको हो ।

यसअघि अन्तराष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’मार्फत गत माघ १३ गते डिफ्युजन नोटिस जारी भएका राईविरुद्ध रेड नोटिससमेत जारी भएको छ ।

गृहमन्त्रालयका एक अधिकारीका अनुसार परराष्ट्र मन्त्रालयले मलेसियन सरकारलाई पठाएको उक्त पत्रमा मलेसियामा लुकेर बसेका राईलाई पक्राउ गरी नेपाल पठाउन अनुरोध गरिएको छ ।

Read More