राष्ट्र बैंकले हालै सार्वजनिक गरेको लघुवित्त सुपरिवेक्षण प्रतिवेदनले लघुवित्त कम्पनीहरूले एउटा धितोका आधारमा एक भन्दा बढी व्यक्तिलाई कर्जा प्रवाह गरेको पाएको छ।
प्रतिवेदनले लघुवित्तहरूले कार्यान्वयन नगरेका विषयहरूलाई पुनः उठाएको हो। लघुवित्त वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नुपर्ने व्यवस्थाको पूर्ण रूपमा पालना नभएको पाएको हो।
यस्तो नियमको पालना गर्न समेत निर्देशन दिइएको छ।



