स्टार्ट–अप उद्यम कर्जा यो वर्ष २०० जनालाई, ५० भन्दा बढी अंक ल्याउनेलाई कर्जा सिफारिश गरिने


  • Himalayan Bank Limited (HBL)
स्टार्ट–अप उद्यम कर्जा यो वर्ष २०० जनालाई, ५० भन्दा बढी अंक ल्याउनेलाई कर्जा सिफारिश गरिने

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष (आव) मा २ सय स्टार्ट–अप परियोजनालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन योजना बनाएको एक सरकारी अधिकारीले बताएका छन् ।

विगत धेरै वर्षदेखि स्र्टाट–अप परियोजनालाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सरकारी नीति रहे पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । सरकारले स्टार्ट–अप सञ्चालन गरेका १ हजार ६ सयभन्दा व्यवसायीबाट आवेदन प्राप्त गरिसकेको र छनोट प्रक्रिया शुरू गर्न लागेको परिप्रेक्ष्यमा चालू आवमै सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सकिने ती अधिकारीको विश्वास छ ।

Read More