कर्मचारी कटौती गर्ने घोषणापछि टेस्लाको सेयर भाउ घटेर १ वर्षयताकै न्यून विन्दुमा


  • Himalayan Bank Limited (HBL)
कर्मचारी कटौती गर्ने घोषणापछि टेस्लाको सेयर भाउ घटेर १ वर्षयताकै न्यून विन्दुमा

काठमाडौं : कर्मचारी कटौतीको घोषणा गरेपछि प्रायः कम्पनीहरुको सेयर मूल्य उकालो लाग्ने गर्दै आएको छ । तर विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले भने कर्मचारी कटौतीको घोषणा गरेपछि सेयर भाउ घटेर १ वर्षयताकै न्यून विन्दुमा पुगेको छ । टेस्लाको सेयर सोमबार करिब ६% र मंगलबार २.७% ले घटेको छ । जुन सन् २०२३ को अप्रिलयताकै न्यून हो ।

टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले कम्पनीबाट विश्वभरका १०% जनशक्ति कटौती गर्ने घोषणा गरेपछि सेयर भाउमा गिरावट आएको हो । त्यसो त, सन् २०२४ सुरु भएदेखि नै टेस्लाको सेयर भाउ घट्दो क्रममा रहेको छ । यस वर्षको पहिलो त्रैमाासमै कम्पनीको सेयर मूल्यमा २९% गिरावट आइसकेको छ ।

Read More