सरकारले सहकारी पीडितका माग सम्बोधन गर्नुपर्छ


  • Himalayan Bank Limited (HBL)
सरकारले सहकारी पीडितका माग सम्बोधन गर्नुपर्छ

विजय नेपाल। बुटवलको सुप्रिम सहकारीसहित देशभरका लाखौं नागरिक यतिबेला सहकारीबाट पीडित छन्। जग्गा बेचेरै जम्मा गरेको ४० लाख रुपैयाँ मेरो सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले अपचलन गरिदियो। मलगायत १ हजार ३ सय जना बचतकर्ताको करिब १ अर्ब ३ करोड रुपैयाँ सुप्रिमले अपचलन गरेको छ। 

नयाँ सरकार आएको एक महिना हुन लाग्यो। सुप्रिम सहकारीका अध्यक्ष जितेन्द्रबावु (जीबी) राई र व्यवस्थापक सागर केसीलाई पक्राउ गर्न गृहमन्त्रीलाई कसले रोकेको छ ? सरकार जनताका यस्ता समस्या र पीडाप्रति किन संवेदनशील बन्दैन ? सरकारले चाहने हो भने फरार व्यक्तिहरूलाई तत्कालै पक्राउ गर्न सक्छ। 

Read More