शल्यक्रिया खाँचो रहेका बेला मलमपट्टीले अर्थतन्त्र उकास्दैन : अध्यक्ष अग्रवाल


  • Himalayan Bank Limited (HBL)
शल्यक्रिया खाँचो रहेका बेला मलमपट्टीले अर्थतन्त्र उकास्दैन : अध्यक्ष अग्रवाल

काठमाडौँ — नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले चौतर्फी चुनौती र समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि ठूलो शल्यक्रियाको खाँचो रहेका बेला मलमपट्टीबाटै सरकारले शिथिल अर्थतन्त्र उकास्न खोजिरहेको बताएका छन् । मंगलबार परिसंघको २१औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष अग्रवालले मलमपट्टीवाला सोचले अर्थतन्त्रलाई उकास्ने नभइ थप संकटतर्फ लैजाने चेतावनी दिए ।

प्रधामन्त्री पुष्पकमल दाहालसहित उद्योग, वाणिज्य तथा आपूर्त मन्त्री दामोदर भण्डारीलगायत उपस्थित कार्यक्रममा परिसंघ अध्यक्ष अग्रवालले कर्मठ उद्योगी व्यवसायीको अभावमा देशले समृद्धि हासिल गर्न नसक्ने बताए । ‘उद्योग व्यवसाय बचाउनु, प्रोत्साहन गर्नु, उद्योगीलाई सम्मान गर्नु राज्यको दायित्व हो,’ उनले भने, ‘उद्योगी व्यवसायीको मनोबल गिराएर, अपमानित गरेर समृद्धिको लक्ष्य हासिल हुन सक्दैन ।’

Read More