काठमाडौं : भारतीय सेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । भारतका दुई प्रमुख सेयर बजार सूचक ‘सेन्सेक्स’ र ‘निफ्टी ५०’ मा मंगलबार पनि गिरावट आएको हो । यसअघि भारतीय सेयर शुक्रबार र सोमबार पनि भारतीय सेयर बजार घटेको थियो । सेन्सेक्स मंगलबार ४५६ विन्दुले घटेर ७२,९४३ अंकमा आएको छ । ३ दिनको अवधिमा सेन्सेक्स करिब २ हजार विन्दुले घटिसकेको छ ।
यता, अर्को सेयर बजार सूचक निफ्टी ५० पनि मंगलबार १२४ विन्दुले घटेर २२,१४७ अंकमा आएको छ । ३ कारोबार दिनमा निफ्टी सूचक करिब ६०० विन्दुले घटेको हो । भारतीय सेयर बजारलाई अन्तर्राष्ट्रिय प्रभाव परेको छ । विगत केही दिनदेखि अमेरिकी सेयर बजार कमजोर हुँदा भारतीय सेयर बजार पनि नकारात्मक प्रभावित बनेको विश्लेषण गरिएको छ ।





