काठमाडौँ । सर्ट ट्रम ट्रेडरले सरकारलाई करिब साढे दुई अर्ब रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म (९ महिना)को अवधिमा सर्ट ट्रम ट्रेडरले करिब साढे २ अर्ब रुपैयाँ कर तिरेका हुन् ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार यसअवधिमा यस्ता लगानीकर्ताले सरकारलाई कुल २ अर्ब ४३ करोड ९३ लाख रुपैयाँ कर तिरेका छन् ।
सेयर खरिद गरेको एक वर्षभित्र नाफामा सेयर बिक्री गर्दा सर्ट ट्रम लगानीकर्ताले सरकारलाई ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । सोही प्रावधान अनुसार पछिल्लो ९ महिनामा सर्ट ट्रम लगानीकर्ताले सरकारलाई सो रकम बराबरको पुँजीगत लाभकर तिरेका हुन् ।



