चीनकाे अर्थतन्त्र पहिलाे त्रैमासमा अपेक्षा भन्दा धेरैले बढ्याे


  • Himalayan Bank Limited (HBL)
चीनकाे अर्थतन्त्र पहिलाे त्रैमासमा अपेक्षा भन्दा धेरैले बढ्याे

कोरोना संक्रमणकालपछि चीनको आर्थिक अवस्था झन् बिग्रदै गएकाे छ । चीनमा घरजग्गा क्षेत्रमा पनि ठूलो गिरावट देखिएको छ । जसको दबाब चीनको बैंकिङ प्रणालीमा परेकाे छ ।

यसैबीच,मुद्रास्फीतिमा भएको वृद्धि र निर्माणमा कमजोरीले ड्र्यागनको चिन्ता बढाएको छ। तर, चीनले आफ्नो अर्थतन्त्र बलियो बनाउन कैयाैं कडा कदम चालेको छ । जसकाे प्रभाव अर्थतन्त्रमा देखिएकाे छ ।

यद्धपि चीनको अर्थतन्त्रले २०२४ काे पहिलो त्रैमासमा सोचेभन्दा राम्रो प्रदर्शन गरेको बताइएको छ । आधिकारिक तथ्याङ्क अनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र जनवरी-मार्च त्रैमासमा ५.३ प्रतिशतको वार्षिक दरले वृद्धि भएको छ । विश्लेषकहरूले पहिलाे त्रैमासमा करिब ४.६ प्रतिशतकाे वृद्धि दर रहने अनुमान गरेका थिए । तर उक्त अनुमान भन्दा याे बढी हो । अघिल्लो त्रैमासको तुलनामा चीनकाे वृद्धिदर १.६ प्रतिशतले बढेको छ ।

Read More