काठमाडौं : सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिट्क्वाइनको भाउ पछिल्लो ५ कारोबार दिनमा १० प्रतिशत अर्थात, ७ हजार ३० डलरले घटेको छ । अप्रिल ११ मा प्रति क्वाइन ७० हजार ३ डलर रहेको यसको भाउ आज मंगलबार यो समाचार तयार पार्दै गर्दा (१२:५० बजे) ६२ हजार ९९० डलर कायम भएको छ ।
क्रिप्टोकरेन्सी ट्रेडिङ प्लाटफर्म बिटमेक्सका पूर्व सीइओ आर्थर हेसले डलरको तरलता घट्ने जनाएका थिए । र, तरलता कम हुँदा यसको पनि मूल्य घट्ने उनले बताए थिए । त्यसैले क्रिप्टोको भाउमा गिरावट देखिएको हो । यता, इरानले इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेपछि पनि यसको असर बिट्क्वाइनमा देखिएको हो ।



