नौ महिनामै थपियो झण्डै अढाइ खर्ब सार्वजनिक ऋण


  • Himalayan Bank Limited (HBL)
नौ महिनामै थपियो झण्डै अढाइ खर्ब सार्वजनिक ऋण

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण अत्याधिक तीव्र गतिमा बढेको छ । चालू आर्थिक वर्षका ९ महिनामा मात्र मुलुकको सार्वजनिक ऋण २ खर्ब २८ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ थपिएको हो । 

यसरी चालू आर्थिक वर्षको नौ महिनामा मात्र २ खर्ब भन्दा माथिले ऋण थपिँदा नेपालको कूल सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड २१ लाख रुपैयाँ पुगेको छ । यो रकम नेपालले तिर्नु पर्ने दायित्वमा रहेको बाँकी ऋण हो । 

यसमा आन्तरिक तर्फको ऋण ११ खर्ब ७९ अर्ब ४८ करोड ४ लाख रुपैयाँ रहेको छ भने बाह्य ऋण १२ खर्ब ६ अर्ब ३१ करोड १७ लाख रुपैयाँ रहेको छ । 

Read More