पुरुषभन्दा महिला कृषि कामदारलाई १३४ रुपैयाँ कम ज्याला


  • Himalayan Bank Limited (HBL)
पुरुषभन्दा महिला कृषि कामदारलाई १३४ रुपैयाँ कम ज्याला

काठमाडौँ — कामको प्रकृति एउटै भए पनि कृषिमा महिला र पुरुषबीच ज्यालामा विभेद रहेको सरकारी प्रतिवेदनले औंल्याएको छ । उस्तै प्रकृतिको काममा पुरुषभन्दा महिलाले पाउने ज्यालादरमा दैनिक औसत १ सय ३४ रुपैयाँ कम रहेको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले देखाएको हो ।

कार्यालयले सार्वजनिक गरेको कृषि गणनाअन्तर्गत सामुदायिक प्रतिवेदनअनुसार महिला कृषि कामदारले दैनिक ५ सय ३१ रुपैयाँ पाउँछन् । पुरुष कृषि कामदारले भने दैनिक औसत ६ सय ६५ रुपैयाँ पाउँदै आएका छन् । श्रम ऐन २०७४ को दफा ७ मा लिङ्गका आधारमा पारिश्रमिकमा भेदभाव गर्न नहुने भनिएको छ । तर, देशका कुल वडामध्ये ६ हजार ३६ (करिब ९० प्रतिशत) वटाबाट विवरण संकलन गरी तयार पारिएको प्रतिवेदनले पारिश्रमिकमा भेदभाव भइरहेको देखाएको छ ।

Read More