४ वैशाख, काठमाडौं । कुनै बेला बैंकहरूको संस्थापक सेयरधनी हुनु गर्वको विषय मानिन्थ्यो । संस्थापक सेयरधनी हुन गाह्रो विषय पनि थियो । तर, पछिल्लो समय यसमा केही ‘सेटब्याक’ देखिन थालेको छ ।
उहिले गर्वसाथ बैंक संस्थापक सेयरधनी बनेका लगानीकर्ताहरू अहिले यस्तो लगानीमा सन्तुष्ट हुन छाडेका छन् । यसको अर्थ के हो भने राम्रो लगानी गरेका पुराना संस्थापक सेयरधनी पछिल्लो पटक बैंक ‘बिजनेस’ बाट सन्तुष्ट छैनन् ।



