दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि कमि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि कमि

सोमबार नेप्से परिसूचक १६.८२ अंकले घटेको छ। 

यसदिन नेप्से ०.८३ प्रतिशतले घटेर २००६.५२ विन्दुमा बन्द भएको हो।

सोमबार बजारमा दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो कारोबार दिन अर्थात् आइतबारको तुलनामा कारोबार रकम घटेको हो। आइतबार तीन अर्ब ६ करोड ३७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो। 

सोमबार ३१४ वटा धितोपत्रको ७२ लाख २३ हजार ७७३ कित्ता सेयर किनबेच भएको छ।

Read More