काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा लक्ष्यको ७८.५२ प्रतिशत राजस्व संकलन भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैत्र मसान्तसम्म ३ खर्ब ६७ अर्ब ९९ करोड ८१ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको हो । विभागले यस अवधिमा ४ खर्ब ६८ अर्ब ६५ करोड ६६ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
विभागले चैत्र महिनामा मात्रै ५७ अर्ब ५ करोड ३ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ जबकी यस अवधिमा ८५ अर्ब १० करोड १९ लाख २७ हजार रपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । संकलित रकम लक्ष्यको ६७.०४ प्रतिशत हो ।



