नयाँ वर्षसँगै आंशिक सञ्चालनमा बन्दीपुर केबलकार


  • Himalayan Bank Limited (HBL)
नयाँ वर्षसँगै आंशिक सञ्चालनमा बन्दीपुर केबलकार

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार आंशिक रुपमा सञ्चालनमा आएको छ। विगत पाँच वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको केबलकार नयाँवर्षसँगै आंशिक रुपमा सञ्चालनमा आएको हो।

बन्दीपुर गाउँपालिका–४ स्थित केबलकार चोकमा रहेको बटम स्टेशनको ५६ रोपनी क्षेत्रफलमा फैलिएको ‘टुरिष्ट पार्क’ र अन्तर्राष्ट्रियकरण अत्याधुनिक रेष्टुरेण्ट सर्वसाधारणका लागि व्यावसायिक रुपमा खुल्ला गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।

Read More