अब घरजग्गा कारोबार गर्न अनिवार्य लाइसेन्स लिनुपर्ने, नलिए २५ लाख जरिवाना र ६ महिना कैद सजाय हुने !


  • Himalayan Bank Limited (HBL)
अब घरजग्गा कारोबार गर्न अनिवार्य लाइसेन्स लिनुपर्ने, नलिए २५ लाख जरिवाना र ६ महिना कैद सजाय हुने !

काठमाडौँ । लाइसेन्स नलिई घरजग्गा कारोबार गर्नेलाई कारवाही हुने भएको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै संशोधित ‘मालपोत ऐन २०३४’मा यस्तो व्यवस्था गरिएको हो । 

योसँगै अब सरकारले तोकेको क्षेत्रफल वा रकमको सीमाभन्दा धेरैको घरजग्गासम्बन्धी कारोबार गर्दा अनिवार्य रुपमा लाइसेन्स लिनुपर्नेछ । लाइसेन्स लिन सरकारले तोकेको अधिकारी समक्ष निवेदन दिनुपर्नेछ । 

Read More