बैंकहरूका सञ्चालकको भूमिका र निर्देशन पालनामा राष्ट्र बैंकले उठायो प्रश्न


  • Himalayan Bank Limited (HBL)
बैंकहरूका सञ्चालकको भूमिका र निर्देशन पालनामा राष्ट्र बैंकले उठायो प्रश्न

सञ्चालकहरूको काम कारवाही, निर्देशनको पालना र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा बैंकहरूको काम कारवाहीमा राष्ट्र बैंकले प्रश्न उठाएको छ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको बैंकिङ सुपरिवेक्षण प्रतिवेदन २०२२‍–२३ मा यस्तो प्रश्न उठाएको हो।

प्रतिवेदनले बैंकका सञ्चालक समितिहरूमा लगिने एजेन्डामा कर्जाको मूल्यांकन, स्वीकृति, खराब कर्जा उठाउने योजना र सार्वजनिक खरीदारीमा मात्रै हुने गरेको उल्लेख गरेको छ।

तर, नीति, अनुपालना, लेखा परिक्षण र जोखिम व्यवस्थापन जस्ता विषयलाई कम समय दिने गरेको पाइएको हो। केही बैंकका सञ्चालक समितिले प्रमूख कार्यकारी अधिकृतहरूको कार्यसम्पादनको मूल्यांकन नगरेको, जाखिम व्यवस्थापन समितिले दिएको सुझाव वेवास्ता गर्ने गरेको भेटिएको हो।

Read More