कर्जा लगानी अभावको असर, बैंकहरू ‘गभर्मेन्ट सेक्युरिटिज’ मा आकर्षित हुँदै


  • Himalayan Bank Limited (HBL)
कर्जा लगानी अभावको असर, बैंकहरू ‘गभर्मेन्ट सेक्युरिटिज’ मा आकर्षित हुँदै

काठमाडौँ । कर्जा लगानीका क्षेत्र अभावको असरले बैंकहरूको आम्दानी क्रमशः घट्दो छ । भएका लगानीसमेत समयमै उठ्न नसक्दा बैंकहरू खराब कर्जा (एनपीएल) को सामना गर्न बाध्य छन् ।

नेपाल राष्ट्र बैंकको रिपोर्ट अनुसार फागुन मसान्तसम्म ६१ खर्ब ८६ अर्बभन्दा बढी निक्षेप सङ्कलन गर्दै बैंकहरूले ५० खर्ब ८९ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् । जसमध्ये १ खर्ब ८९ अर्बभन्दा बढी लगानी नन् पर्फमिङ लोन (एनपीएल) मा रुपान्तरण भएका छन् । यो भनेको कुल कर्जा लगानीको ३.७३ प्रतिशत हो ।

Read More