प्रतिफल घट्दै गएपछि बैंकका संस्थापक शेयरधनी बाहिरिन थाले, प्रतिफल थप घट्ने राष्ट्र बैंकको आँकलन


  • Himalayan Bank Limited (HBL)
प्रतिफल घट्दै गएपछि बैंकका संस्थापक शेयरधनी बाहिरिन थाले, प्रतिफल थप घट्ने राष्ट्र बैंकको आँकलन

नेपाल राष्ट्र बैंकले बैंकहरुको प्रतिफल घट्दै गएको कारण बैंकहरुको संस्थापक शेयरधनी बाहिरिन थालेको बताएको छ। केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको बैंकहरुको सुपरिवेक्षण प्रतिवेदनमा सो उल्लेख गरेको हो।

पछिल्लो समय बैंकहरुको खराब कर्जा बढ्दै गएको कारण नाफा प्रभावित भएको र नाफामा अझै संकुचन आउने देखिएकोले बैंकहरुको रिटर्न अन इक्वीटि र रिटर्न अन एसेस्ट समेत घट्ने जनाएको छ। प्रतिफल घट्दै गएको कारण नै बैंकका केहि संस्थापक शेयरधनी बैंकबाट बाहिरिरहेको प्रतिवेदनमा उल्लेख छ।

यस्तो अवस्थामा उचित स्तरको आम्दानी सुनिश्चित गर्नु चुनौतीको विषय भएको केन्द्रीय बैंकले जनाएको छ।

Read More