वैदेशिक लगानीकर्ताको रोजाइमा पर्यटन र सेवा क्षेत्र


  • Himalayan Bank Limited (HBL)
वैदेशिक लगानीकर्ताको रोजाइमा पर्यटन र सेवा क्षेत्र

काठमाडौं । वैदेशिक लगानी आकर्षण गर्न सरकारले आयोजना गरेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा मुलुकको आवश्यकताका क्षेत्रमा लगानी नभित्रिएको पाइएको छ । उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार पर्यटन र सेवा क्षेत्रमा लगानीकर्ताको रोजाइमा परेको छ । जबकी नेपाल सरकारले उत्पादनमूलक क्षेत्र र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी आकर्षण गर्ने प्रयत्न गरिरहेको छ । 

त्यसैगरि चालू आर्थिक वर्षका पछिल्ला महिनाहरूमा अघिल्ला महिनाहरूको तुलनामा लगानी प्रस्ताव आउने र परियोजना स्वीकृत हुने क्रम पनि सुस्ताउँदै गएको देखिएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैत्रसम्म (नौ महिना)सम्म प्रत्यक्ष वैदेशिक लगानीका २६९ वटा लगानी प्रस्तावहरू आएका छन् । यी परियोजना मार्फत ३० अर्ब ९ करोड भन्दा बढी लगानी भित्रिने प्रतिबद्धता भएको छ ।  

Read More