नेपालमा अवैध अनलाइन सट्टेबाजी एप्लिकेसन वानएक्स वेटका लागि कारोबार गरेको आरोपमा तीन युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका-९ बस्ने ३१ वर्षीय सञ्जय कुमार साह र १९ वर्षीय रामजी साह तथा मलंगवा नगरपालिका-१० बस्ने ३० वर्षीय राकेश चौधरी रहेका छन् । वानएक्स बेटको एजेन्ट बनेर उनीहरुले साढे ५७ करोडको कारोबार गरेको जनाइएको छ । उनीहरुले वानएक्समा पैसा लोड गरिदिने, त्यसबापतको पैसा संकलन गर्ने, कृप्टो कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।



