काठमाडौं : नेप्से सूचक नयाँ वर्षको पहिलो दिन २.३५ विन्दुले घटेको छ । यससँगै सूचक २०२३.३५ अंकमा अडिएको छ । ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ४ वटा समूहको सूचक सकारात्मक बनेको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा बढी वृद्धि भएको छ ।
समग्रमा हेर्दा बजार साइडवेजमा देखिएको छ । सूचकसँगै कारोबार रकम पनि औसतमा न्यून रहेको देखिन्छ । यसअघि नयाँ वर्षको पहिलो कारोबार कस्तो होला भन्ने धेरैलाई चासो थियो । यद्यपि, यस दिन बजारले रौनकता जगाउन भने सकेन ।





