बिमा व्यवसायलाई पारदर्शी बनाए बजार विस्तार हुने


  • Himalayan Bank Limited (HBL)
बिमा व्यवसायलाई पारदर्शी बनाए बजार विस्तार हुने

ललितपुर, वैशाख २ गते । बिमा व्यवसायलाई स्वच्छ र पारदर्शी बनाउन सके मात्रै यसको बजार विस्तार हुन सक्ने सरोकारवालाले बताएका छन् ।

नयाँ वर्ष २०८१ को अवसरमा बिमा सर्भेयर सङ्घ नेपालले यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । बिमा समितिका पूर्वअध्यक्ष प्राडा फत्तेबहादुर केसीले बिमाको विस्तारले अर्थतन्त्रमा विशेष योगदान पुर्‍याउन सक्ने भन्दै यसका निर्जीवन बिमा व्यवसायको तीन वटा महत्त्वपूर्ण स्टेकहोल्डर नियामक, बिमक र सर्भेयरको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

Read More