आर्थिक वृद्धि लक्ष्य : फलामको च्युरा


  • Himalayan Bank Limited (HBL)
आर्थिक वृद्धि लक्ष्य : फलामको च्युरा

चालु आर्थिक वर्ष २०८०/८१ मा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको । तर, लक्ष्य हाँसिल गर्न मुस्किल छ। एसियाली विकास बैंकले यो वर्ष ३ दशमलव ६ प्रतिशतमात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। जब कि गत आव ७९/८० मा १ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धि देशमा भएको थियो। तै अर्थतन्त्रमा भइरहेको शिथिलताबीच एडीबीको प्रक्षेपणले आशा देखाउँछ।

पोहोरको वर्षभन्दा पनि वृद्धि बढिभए पनि सरकाले राखेको लक्ष्यचाहिँ महत्वाकांक्षी देखिएको छ। भइदिए त राम्रो हुन्थ्यो। तर, सरकार आफैंले विकास खर्च गर्न नसक्दा लक्ष्य भेट्न बाधा पुगिरहेको छ। एडीबीले एसियाली विकास एसियाली विकास परिदृश्य २०८० सार्वजनिक गर्दा आर्थिक वृद्धिमा गरेको प्रक्षेपणको आधार भनेको नेपाली नागरिकमा आत्मविश्वास फर्कनु हो, लगानीकर्तामा जागरुकता पैदा हुनु हो र सरकारले पनि केही न केही विकास खर्च बढाउला र मौद्रिक नीतिको कसिकसाउ खुकुलो होला भन्ने हो। 

Read More